२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

ओमनमा विमल गुरुङद्वारा झुन्डिएर आत्महत्या

2659 Shares
Spread the love

ओमन । रोजगारीका लागि ओमन आएका भैरहवाका विमल गुरुङले  आत्महत्या गरेका छन्।

विमल ५ महिना अघि काठमाडौँमा रहेको कर्णाली ओभरसिज प्राली मार्फत ओमन आएका उनी ओमन ईन्टरनेशनल ग्रुप (ओआईजि) मा किलिनरको रूपमा कार्यरत थिए।

उनले हिजो बिहीबार बिहान करिब ११ बजे आफू सुत्ने कोठाको पंखाको सिलिङमा झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत तनुँह मजकोटका बाबुराम विकले जानकारी दिए। अहिले उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। सोही कम्पनीमा कार्यरत नेपालीहरुले बताए अनुसार उनलाई श्वास फेर्न केही गाह्रो हुने गर्दथ्यो। त्यसैको उपचारको लागि उनलाई केही दिन अगाडि  कम्पनीले मेडिकल पनि पुर्याएको थियो। विमल गत एक हप्तादेखि काममा जान सकेका थिएनन्।

सोही कम्पनीमा कार्यरत साथीले बताए अनुसार उनको श्रीमती, एक छोरा र बहिनी छन्।

प्रतिक्रिया