२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

पासा पुच: गुठी साउथ इष्टको अधिबेशन सम्पन्न , सुशील प्रजापती पुन अधक्ष्यमा निर्बिरोध निर्बाचित

2419 Shares

लन्डन : आइतबार , साउथइस्टलन्डनमाआयोजितपासापुच: गुथीकोअधिवेसनलेनयाँनेत्रित्वचयनगरेकोछ।

प्लमस्टिड कमन स्थित मेन्स क्लबमा आयोजित गुथीको ७ औँ अधिवेसनले वर्तमान अध्यक्ष सुशील प्रजापतिलाई पुनः अर्को कार्यकालको लागी सर्वसम्मतले निर्वाचित गरेको हो ।

ठुलोसंख्यामाउपस्थितगुथीकासदस्यहरुमाझआयोजितकार्यक्रमकाप्रमुखअथितीपासापुचगुठीयुकेकाअध्यक्षकुमारश्रेष्ठरहेकाथिएभनेगुथीकालन्डनकाअध्यक्षकपिलश्रेष्ठतथाउपाध्यक्षओजेसडंगोलअथितीकोरुपमारहेकाथिए।

त्यस्तै गरी अतिथीहरुमा पासा पुच गुठी युकेका उपाध्यक्ष जानकी कायस्थ, संयुक्त श्रेष्ठ , सदस्यहरु सचेतन तुलाधर , साउथ इस्टका पुर्व अध्यक्ष देबेन्द्र श्रेष्ठ , मनिष श्रेष्ठ , चुत्र बहादुर श्रेष्ठको उपस्थिती रहेको थियो ।
संस्थाका सल्लाहकारहरु दिपक श्रेष्ठ , अमर मल्ल  , सचिन श्रेष्ठ , जोन नकर्मी , बिजय बज्राचार्य , कुमार जोशी तथा निर्वाचन समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

 


कार्यक्रममा नेपाली रास्ट्रिय धुन तथा बेलायतको राष्ट्रिय धुन बाट सुरुगरिएको थियो भने शाखाका वर्तमान अध्यक्ष सुशील प्रजापति र युके अध्यक्ष कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
हेल्थ एण्ड सेफ्टीको बारेमा चुत्र बहादुर श्रेस्ठले जानकारी गराएका थिए भने स्वागत मन्तब्य तथा सचिवालयको रिपोर्ट महासचिव नगेन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको बित्तिय विवरण कोशाद्यक्ष बुद्धि श्रेष्ठले प्रस्तुत गरेका थिए ।कार्यक्रममा नेवारी खानाका परिकार वितरण तथा संस्कृती झल्किने बिबिध कार्यक्रमहरु पनि रहेका थिए ।

 

कुमार श्रेष्ठले मन्तब्य राख्दै मिसेस नेपाल युनिभर्सकी बिजेता मनिसा डंगोल तथा नेपाल भाषाकी पत्रकार तथा अधिकार कर्मी लक्ष्मी शाक्यलाई सम्मान गरिएको थियो । बर्तमान अध्यक्ष शुशिल प्रजापतिले सम्मान गरेका थिए ।

निर्वाचन मण्डलका प्रमुखको जिम्मेवारी कपिल श्रेष्ठलाई दिईएको थियो भने समितिको सचिवकोमा डा सचेतन तुलाधर तथा सदस्यहरुमा ओजेस डंगोल , जानकी कायस्थ , संयुक्त श्रेष्ठ रहेका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाका पुनः निर्वाचित अध्यक्ष सुशील प्रजापतिले सबैमा धन्यवाद ज्ञापन गर्दै समापन मन्तब्य राखेका थिए ।

अधिवेसनको दोश्रो बन्द सत्रमा निर्वाचनको कार्यक्रम सम्पन्न भएको थियो । १७ सदस्यीय कार्यसमितिमा सबै पदहरुमा निम्न अनुसारका पदाधिकारीहरु निर्बिरोध निर्वाचित् भएका थिए ।
अध्यक्ष : सुशील प्रजापती
उपाध्यक्षहरु : माधवलाल श्रेष्ठ , मदन श्रेष्ठ , रीता श्रेष्ठ
महासचिव : नगेन्द्र श्रेष्ठ
सचिव : भिम लक्ष्मी शाक्य
कला सचिव : बिनोद चिपालु
सह सचिव : सत्य प्रसाद प्रजापती
कोषाध्यक्ष : दुर्गा प्रसाद श्रेष्ठ
सह कोषाध्यक्ष : सोनी श्रेष्ठ
कार्यसमिति सदस्यहरुमा : दानमाया महर्जन , इश्वर महर्जन 

पासा पुच: गुठी साउथ इष्टको अधिबेशन सम्पन्न , सुशील प्रजापती पुन अधक्ष्यमा निर्बिरोध निर्बाचित

पासा पुच: गुठी साउथ इष्टको अधिबेशन सम्पन्न , सुशील प्रजापती पुन अधक्ष्यमा निर्बिरोध निर्बाचित

 

पासा पुच: गुठी साउथ इष्टको अधिबेशन सम्पन्न , सुशील प्रजापती पुन अधक्ष्यमा निर्बिरोध निर्बाचित

प्रतिक्रिया