काठमाडौँ। संघीय लिम्बुवान सामाजिक मञ्च, केन्द्रिय कार्य समिति कतार अन्तरगतको क्षेत्रीय समितिहरुको संयुक्त आयोजनामा वृहत क्षेत्रीय भेला सम्पन्न भएको छ।
कतारमा रहेका श्रमीकरुको लोक प्रिय संस्थाका रुपमा स्थापीत सलिसाम कतार अन्तरगतका क्षेत्रीय समितिहरुले संस्थाको सामाजिक कार्यलाई थप सशक्त बनाउन सो कार्यक्रम गरिएको हो।
क्षेत्रीय समिति उमसलाल अलीका अध्यक्ष तथा संयुक्त क्षत्रीय समारोह समितिका उपसंयोजक तेज बहादुर थेवेको सभाध्य रहेको कार्यक्रममा सलिसाम कतारका केन्द्रिय अध्यक्ष नरेन्द्रकुमार एभेङ प्रमुख अतिथि रहेका थिए भने, क्षेत्रीय समिति लेवर सिटीका अध्यक्ष तथा सह–संयोजक लोकेन्द्र कुरुम्बाङको स्वागत मन्तव्य र क्षेत्रीय समिति साइलियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सुरेश नेम्बाङको कार्यक्रम संचालन रहेको उक्त कार्यक्रममा सलिसाम केन्द्रिय समितिको तर्फबाट सल्लाहकार देवी थेगुवा, उपाध्यक्षदय रेखा राई, जगदिश ढुंगेल, महासचवि डम्बर लिबाङ, उपमहासचिव सुमन सहयात्री योङहाङ, सचिव तथा प्रवक्ता प्रेम हुक्पाचोङबाङ, सचविदय नगेन पाक्सावा, डिकेन सिंघक, सह–अर्थवसचिव राजसिसाम लिम्बु, महिलाविभाग उपाध्यक्ष रामकुमारी आठपहरीया, समाजसेवीदाय मंगलसिं वनेम, मोहन योङहाङ याक्केक, सालिसाम केन्द्रिय सचिवालय तथा केन्द्रिय सदस्यहरु अतिथिका रुपमा रहेका थिए।
सह–संयोजक कुरुम्बाङले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य प्रकाश पार्ने क्रममा संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्च, लिम्बुवान मञ्च नेपाल अन्तरगतको प्रवास कार्य समिति सलिसाम कतारले स्थापना काल देखीनै कतारमा रहेका पिडित श्रमीकहरुको पक्षमा सामाजिक उद्धार कार्य गर्दै आएको र उत्त कार्यलाई निरन्तरता अनि थप उचाईमा पु–याउन संयुक्त क्षेत्रीय समारोह समितिले “पिडितहरुको सहयोगार्थ र आर्थिक अविभृद्धीका लागि भाग्यशाली चिठ्ठा कार्यक्रमका साथमा सांस्कृतीक कार्यक्रम” समेत गरेको प्रष्टाएका थिए।
उपस्थित सम्पुर्ण अतिथिहरुको शुभकामना मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि एभेङले संगठनको मुल उद्देश्य र प्रवासीहरुको भुमिका बारे प्रष्टाएका थिए।
पिडितहरुको सहयोगार्थ र आर्थिक अवृभिद्धीका लागि भाग्यशाली चिठ्ठा कार्यक्रम समेत आयोजना गरिएको सो कार्यक्रममा निर बहादुर ढडा, कुपान नं. (७३७, ९प्रथम उपहार १० ग्राम सुनको सिक्का), भोजराज राई, कुपन नं.०२२२ (दोस्रो उपहार–३२इन्चको टिभी), कान्छी चेलीफुङ, कुपन नं. ०९४० (तेस्रो उपहार– सामसुङ स्मार्ट मोबाइल), सुक ब. तामाङ, कुपन नं. ०९६७ (सान्त्वना उपहार–हातेघडी–१), जिवन लिम्बु, कुपन नं. ०४१३ (सान्त्वना उपहार–हातेघडी–१), ज्ञानी संगौला कुपन नं. ०२७८ (सान्त्वना उपहार–हातेघडी–१), रमेश विश्वकर्म कुपन नं. ०९८० (सान्त्वना उपहार–हातेघडी–१), आयुस मण्डल, कुपन नं. ००५७ (सान्त्वना उपहार–हातेघडी–१)लगायत उपहार विजेता भएका छन्।
लिम्बुवानी राष्ट्रिय गित “हाम्रो मात्रृभमी लिम्बुवान” भन्ने गितको बोलमा सोना लिम्बु, सविता लिम्बु, पुष्पा परियार, पुनम परियार र चादनी राईको एकल नृत्य, भुटानी भाषाको गितमा पेमा चोडेन, डिछाम डेमा, टासी ढेकी, सोनम लामा को नृत्य, टिएनके लिम्बु, प्रदिप लिम्बु, अमृत कुरुम्बाङ, सुनिता चेम्जोङ, सुकदल फियाक को समुधुर स्वरमा गायन, सुमन सहयात्री योङहाङ, डिकेन सिंघक, राज सिसाम लिम्बु, निलम निश्चल याक्थुङबा लगायतको साहित्यीक वाचनले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
कार्यक्रमको अनत्यमा कार्यक्रमलाई सफल बनाउन विभिन्न विधामा प्रस्तुती गर्ने कलाकार, साहित्यकारहरुलाई प्रशंसा पत्र द्धारा सम्मान गर्नुका साथै कतार बसाई क्रमलाई बिट मार्दै लिम्बुवान नेपाल फर्कन लागेका सलिसाम केन्द्रिय सदस्य कुमार यवा को औपचारीक विदाई समेत भएको थियो।