कुईन्स – गोर्खालीको गौरवगाथा, नेपाली सैनिक इतिहासमा आधारित पहिलो वृत्तचित्र “ कथा नालापानीको ” न्यूयोर्कको कुईन्समा प्रदर्शन हुने भएको छ ।
नेपलीज लायन्स क्लवद्वारा संचालित “कुईन्स नेपाली भाषा शिक्षालयको” सहयोगार्थ वीर गोर्खालीको गौरवगाथा र नेपाली सैनिक इतिहासमा आधारित पहिलो वृत्तचित्र “ कथा नालापानीको ” को आउदो शनिवार(मे४) कुईन्स लाईब्रेरीमा प्रदर्शन हुनलागेको लायन्स क्लव इन्टरनेशनल स्पेशियाल्टी क्लवस कोअर्डिनेटर मंगलदास श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त प्रदर्शनीमा सहभागी भएर “ कुईन्स नेपाली भाषा शिक्षालयलाई” साथ र सहयोग गरिदिनुहुनेछ भन्ने पुर्ण विश्वासका साथ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई “ कथा नालापानीको” हेर्न आउँन आयोजकले अनुरोध गरेको छ । वृतचित्र मे ४(शनिवार)का दिन दिउसो २ बजे,कुईन्स लाईबेरी हलमा प्रदर्शन हुनेछ ।
टिकटको लागी आयोजकले विभिन्न व्यक्तीको नाम उल्लेख गरेको छ ।
सम्पर्क व्यक्तिहरू: लायन पुरूषोतम पन्थी (646) 644-1208 ,लायन मंगल दास श्रेष्ठ 646-726-5476 ,लायन बाबु राम गुरूंग (253) 205-6146, लायन रूपा भण्डारी (718) 300-2817, लायन बिमला गुरूंग (253) 245-4781,लायन सुनिता श्रेष्ठ (718) 503-2175, लायन राजेन्द्र खड्का (347) 837-9809 ,लायन सन्जय थापा (917) 703-3195, लायन मनोज देवकोटा (929) 666-0477