२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

साउथईष्ट लन्डनमा ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुदै

2617 Shares

लन्डन । नेपाली युथ एशोसिएसनको आयोजनामा यही ११ अगष्टमा ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बेलायतमा हुने अरु प्रतियोगिताहरु भन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ।

एशोसिएसनका सभापति लक्ष्मन गुरुङ अनुसार उक्त कार्येक्रम फुटबल र भलिबल प्रतियोगितामा मात्र सिमित नभएर अरु थुप्रै मनोरन्जात्मक खेलहरु , खानाको ईस्टल , सांगीतिक कार्येक्रमहरु , तथा बालबच्चाहरुलाई खेल्ने ठाउँको पनि व्य्बस्ता गरिएको छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ फुटबल टोली र १२ भलिबल टोलीको सहभागिता रहने सस्थाका उप-सभापति राजन खकुरेल जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्ने एशोसिएसनका सभापति लक्ष्मन गुरुङले बताए ।

फुटबल संयोजक अमिर गुरुङ अनुसार दोश्रो हुनेलाई ८०० नगद सहित मेडल प्रदान गरिनेछ तथा सेमिफाईनलमा पुगने टिमलाई २०० नगद प्रदान गरिनेछ । सस्थाका उप- सभापति डा. सुदर्शन गुरुङले साउथइष्ट लन्डनकै सबै भन्दा ठुलो आकर्सक फुटबल र भलिबल प्रतियोगितालाई सबै संघसस्था मिलेर सफल पार्न अपिल गर्नु भएको छ । आयोजक समितिले प्रतियोगिताको तयारी भव्यताका साथ अगाडी बढाई रहेको कुरा भलिबल खेलका संयोजक मन्दिप के.सी. ले जानकारी दिए । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्सक ट्रफी सहित £७५० नगद प्राप्त गर्नेछ । २०१६ भलिबल चाल्टर्नले क्लबले जितेको थियो भने २०१७ मा रेडिंगले जित हासिल गरेको थियो ।

संस्थापक सभापति ह्यारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले शोहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण नया कार्यसमितिलाई शुभकामना दिनुभएको छ। ग्रीनवीच कप सकिसके पछि नेपाली युथ एशोसिएसनको आयोजनामा डाँफे रेस्टुरेन्ट एण्ड बारमा सांगीतिक फेस्टिवल पनि हुंदैछ ।

प्रतिक्रिया