सिड्नी – अष्ट्रेलियामा थकाली समुदायले आफ्नो महान चाड तोरन्ल्हा एक महिनाभर भव्य रुपमा मनाएका छन् ।थकाली सेवा समिति अष्ट्रेलियाको अयोजनामा सिड्नीको रक्डेल स्थित, इन्द्रेणि फङ्सन सेन्टरमा भएको एक कार्यक्रममा थकाली समुदायका मानिसहरुले आफ्ना-आफ्ना कुल देवतालाइ पुजा गर्दै र पितृहरुलाइ सम्झना गर्दै पर्वलाई उल्लासमय बनाएका थिए ।
थकाली समुदायको रिति तिथि अनुरुप पाठ पुजाआजा गरी कार्यक्रमको सुभारम्भ भएको थियो । । कार्यक्रममा नेपाल आदिवासी जनजाति मन्च अष्ट्रेलियाका अध्यक्ष अरुण तामाङ प्रमुख अतिथि रहेका थिए । त्यस्तै अतिथिमा तमु समाज अष्ट्रेलिया अध्यक्ष टंक गुरुङ,मगर संघ अष्ट्रेलिया अध्यक्ष रघु जुगजाली,गुठी अष्ट्रेलिया अध्यक्ष पदम शाक्य ,आदिवासी जनजाति मन्च अष्ट्रेलियाका पूर्व सभापति चित्र तुम्बाहान्फे लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा थकाली समुदायका मानिसहरुको बाक्लो उपस्थिति रहृको थियो ।
कार्यक्रममा सस्थाका सभापति इन्द्र तुलाचन सहभागीहरुलाइ स्वागत तथा शुभकामना मन्तव्य दिदै तोरन्ल्हाको महत्व र मौलिकता बारे प्रकाश पारेका थिए ।
प्रमुख अतिथि अरुण तामाङले नेपालीहरु विदेशमा रहेर पनि आफ्नो सास्कृतिक सम्पदा जर्गेना गर्न लागिपरेको भन्दै खुसि व्यक्त गरे । उनले नेपाल वहुजातिय, वहुभाषिय, वहुसास्कृतिक देश भएको साथै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले भएको परिप्रेक्षमा देशभरका विभिन्न जाति,भाषा धर्म, सम्पदा एव्म आफ्नो पहिचान लाइ संरक्षण र सम्बर्धन गर्ने कार्यमा सरकारले सहजीकरण गर्नु पर्ने उल्लेख गरे । तामाङले सरकारले सबै खाले विभेदलाइ अन्त गरी समतामूलक राष्ट्रको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
सोही कार्यक्रममा थकाली भाषामा गाइएको गीत र थकाली शौलिमा नाचिएको नृत्यले थकाली संस्कृतिलाई प्रवासमा रहेका नेपालीले बचाईरहेका छन भन्ने झल्को दिएको थियो भने साथमा लाइभ ब्यान्डले कार्यक्रमको रौनाक झनै रोमाञ्चीत बनाएको थियो ।थकाली स्वादमा बनाएको परम्परागत मौलिक खाना को स्वाद लिदै अबेरसम्म सबै सहभागीहरु रमाइलो वातावरणमा रमिरहेको थिए ।
थकाली सेवा समिति ले गत वर्षहरुमा जस्तै यस बर्ष पनि विभिन्न खेलकुद प्रतियोगिताका कार्यक्रम गरिरहेको छ । जसअन्तर्गत तोरन्ल्हा कप, भलिबल, बास्केटबल भइसकेको छ भने फुटबल यहि १४ अप्रिल आइतबार माक्युरी युनिभर्सीटि ओभलमा हुने आयोजकले जानकारी दिएको छ ।