२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नेपालको समुन्नती, सुदृढ र एनआरएनएको एकताप्रति पूर्ण प्रतिवद्धताः डा. केशव पौडेल

0 Shares
Spread the love

काठमाडौं, असोज २८ गते । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का महासचिव एवं ११ औं महाविधेशनको उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलले मातृभूति नेपालको समुन्नतीका पक्षमा गैरआवासीय नेपालीहरू दृढताका साथ लागिरहेको बताएका छन्। पत्रकारहरूसँग काठमाडौँमा सोमबार भएको कुराकानीमा महासचिव डा. पौडेलले नेपालबाहिर रहेका हरेक नेपालीको भावना समुन्नत र समृद्ध नेपाल निर्माण होस् भन्ने रहेको बताएका हुन्।

डा. पौडेलले कोभिड–१९ को महामारी, महाभूकम्पदेखि अनेकौँ प्राकृतिक विपत्तिका दौरान गैरआवासीय नेपालीले अभूतपूर्ण उपस्थिति र सहयोग रहेको बताए। ‘नेपालमा प्राकृतिक विपत्ति हुँदा होस् वा जुनसुकै कठिन परिस्थिति, गैरआवासीय नेपालीका तर्फबाट हरसम्भव सहयोग हुँदै आएको छ, अझै व्यवस्थित रुपमा अघि बढाउने प्रयासमा हामी लागिरहेका छौँ,’ उनले भने।

उनले नेपालको समुन्नतीका लागि गैरआवासीय नेपालको ज्ञान, शीप, क्षमता र आर्थिक पक्षलाई उपयोग गर्नुपर्ने बताए। उनले मातृभूमि छोडेर जाँदै गर्दा राष्ट्रको उन्नतिलाई प्रमुख रुपमा हृदयंगम गरिने बताए।

डा. पौडेलले गैरआवासीय नेपाल संघलाई सुदृढ र सशक्त बनाउनकै लागि उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठको टिमले उम्मेदवारी दिएको बताए। ‘गैरआवासीय नेपाली संघमा केही समस्या आएका छन्, नवीन सोच र दृष्टिकोणले मात्रै ती समस्याको समाधान गर्न सकिन्छ, त्यही दृष्टिकोणका साथ हाम्रो टिम निर्माण भएको हो,’ उनले भने।

उनले गैरआवासीय नेपालीका समस्या समाधान गर्ने दूरगामी अठोटका साथ आफूहरू चुनावी मैदानमा जाने र विजयी भएपछि संघलाई प्रभावकारी रुपमा अघि बढाउने प्रष्ट पारेका छन्।

प्रतिक्रिया