२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

गैरआवासीय नागरिकताको बाटो खुल्यो, वंशजको निरन्तरताका प्रभावकारी पहल गर्छौं : डा. केशव पौडेल

0 Shares
Spread the love

काठमाडौं, असोज २५ गते । गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले गैरआवासीय नागरिकता पाउने व्यावहारिक बाटो खुलेकाले अब वंशजकै नागरिकताको निरन्तरताका लागि प्रभावकारी पहलकदमी लिने बताएका छन्।

गैरआवासीय नेपाली संघको  ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार डा. पौडेलले विश्वका जुनसुकै देशमा गएर काम गरे पनि अन्ततः मातृभूमि नेपालकै मौलिक चिनारी पहिचानका रुपमा रहने बताउँदै वंशज नागरिकताकै निरन्तरताको पक्षमा सशक्त रुपमा अघि बढ्ने उद्घोष गरेका हुन्।

डा. पौडेलले गैरआवासीय नेपाली नागरिकता प्राप्तिका अभियान लामो समय चलेको बताउँदै अहिले प्राप्त भएको नागरिकताको माग नै अन्तिम आवश्यकताको माग नभए पनि प्राप्त उपलब्धिको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरतासँगै नेपाली नागरिकसरहको अधिकारका लागि प्रयास जारी रहने भनाइ राखेका छन्।

साथै डा. पौडेलले श्रम, रोजगारीको सुरक्षासहित गैरआवासीय नेपालीको हक र अधिकारको पक्षमा दशकौँदेखि अभियान जारी राखेको र अब यस अभियानलाई अझै उचाइँमा लागे प्रष्ट पारेका छन्।

प्रतिक्रिया