२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

पर्यटक भिसामा नेपाल बोलाएर यौन धन्दा

1530 Shares
Spread the love

काठमाडौं । पर्यटक भिसामा नेपाल आई ठमेलमा यौन धन्दा चलाएर बसेकी युगाण्डाका नागरिक नताशा (नाम परिवर्तन) लाई मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

ब्यूरो प्रहरी उपरिक्षक तथा प्रवक्ता कृष्ण प्रसाद पंगेनीले नताशाले संचालन गरेको यौन धन्दामा अन्य विदेशी नागरिक, नेपाली र होटलको संलग्नता छ छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए।

युगान्डाबाट आफ्ना साथीहरू विभिन्न प्रलोभनमा बोलाउँदै ४ देखि ५ हजार रुपैयाँमा जबर्जस्ती यौन व्यवसायमा लगाएको उल्लेख गर्दै ब्युरो प्रहरी उपरिक्षक तथा प्रवक्ता पंगेनीले उनीहरुलाई होटलमा वेटरको काम गरेबापत कम्तीमा ५ सय अमेरिकी डलर कमाइ हुने भन्दै साथीलाई पर्यटक भिसाबाट नेपाल झिकाएर यौन धन्दामा लगाएको आरोपमा नताशा पक्राउ परेकी हुन्।

उनलाई युगण्डाबाट महिलाहरु नेपाल बोलाइ जबरजस्ती यौन पेशामा संलग्न गराएको आरोपमा यही फागुन १५ गते पर्यटक प्रहरीले ठमेलस्थित होटल जर्नीबाट पक्राउ गरी प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बुझाएको थियो।

पीडीत महिला नागरिकको उजुरीको आधारमा उनलाई पर्यटक प्रहरी युनिटले पक्राउ गरेको थियो। नताशाले विभिन्न आश्वासन दिई पीडित महिलालाई पर्यटक भिषामा नेपाल बोलाएकोमा जनवरी २९ मा उनी नेपाल आएकी उल्लेख गर्दै पर्यटक प्रहरीले नागरिकसँग भने ‘नताशाले उनलाई नेपाल आउनसाथ यौन व्यवसायमा लगाएको थिइन्। दैनिक ५–७ जनासँग शारिरीक सम्पर्क गर्नु परेपछी उनी बिरामी परेर आफ्नै मुलुक युगाण्डा फर्कन २६ फेब्रुअरीको टिकट काटेर एयरपोर्ट जादाँ नताशाले टिकट क्यान्सिल गरिदिएपछी उनी पर्यटक प्रहरीकोमा आएका थिइन्। पीडीतको उजुरीमा हामिले नताशालाई होटल जर्नीबाट पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बुझाएका हौ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया