२०८१, १८ बैशाख मंगलवार
×

ट्रेन्डिङ

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको धारामै झर्दैन पानी

112 Shares

काठमाडौं । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर, यो वास्तविकता हो । शुक्रबार २० चैत २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण भृकुटीमण्डपस्थित यही धारामा पानी खोलेर गरेकी थिइन् । त्यसबेला कार्यक्रम सञ्चालकले अब सधैं यस धाराबाट पिउने पानी पाइने उद्घोष गरेका थिए । तर, अहिले त्यस धारामा पानी आउँदैन ।

यस धारामा राखिएको शिलालेख हेरेर पानी पिउन चाहने मानिस नजिकै जान्छन् । तर, धारामा पानी खस्दैन । धाराको केही संरचना त उप्किइसकेको छ ।

भृकुटीमण्डपमा आइरहने विद्यार्थी नरराज कुइँकेलले यही धाराले राजधानीमा मेलम्चीको पानीको वितरणको अवस्था कस्तो छ भन्ने प्रस्ट हुने बताए । उनले तिर्खा लागेका बेला धारा देखेर पिउन जाँदा पानी नआएको गुनासो गरे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया