२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

कांग्रेस बैठकमा संस्थापन पक्ष आक्रामक

55 Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् ।

मंगलबारबाट सुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयमाथि अनुशासनको प्रश्न उठाउँदै खरो आलोचना गरेका छन् ।

बुधबार बोल्ने अधिकांश प्रदेश सभापति तथा केन्द्रीय सदस्यहरूले महामन्त्रीहरूको सार्वजनिक प्रस्तुति शैली र व्यवहारप्रति खरो रूपमा विरोध जनाए ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको अभियान चलाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री गगन थापाप्रति पार्टी सभापति शेरबहादुर देउवा निकटका नेताहरूले कटाक्ष नै गरेको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्रीप्रति लक्षित गर्दै कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागु हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया