
पश्चिम बंगालमा एक ३५ वर्षीयालाई कुकुरमाथि दुष्कर्म गरेको आरोपमा पक्राउ गरिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार श्रीमती र तीन सन्तान नभएको मौका पारेर यी व्यक्तिले कुकुरमाथि दुष्कर्म गरेका हुन् ।
पुलिसका अनुसार घटनाका प्रत्यक्षदर्शी तीन युवक हुन् जो राती नौ बजे लेक टाउन क्रसिङ इलाकातर्फ जाँदै थिए ।
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कुकुरलाई घिसारेर एक पेपर बक्स निर्माण फ्याक्ट्री भित्र बनेको घरमा लिएर गएपछि त्यहाँ दुष्कर्म गरेका हुन् । युवकलाई देखेपछि ती व्यक्तिले कुकुरलाई त्यहीँ छोडेर भागेको उनीहरुले बताए । ती युवकहरुले कुकुरलाई उपचारका लागि पशु चिकित्सालय पुर्याएको जानकारी दिए । घटनाबारे पुलिसलाई जानकारी दिएर आरोपीलाई अबेर राती पक्राउ गरिएको पुलिसले बतायो । उनलाई जन्मकैदको सजायँ हुनसक्ने बताइएको छ ।
आरोपीको पहिचान कमलेश महतोको रुपमा भएको छ जो कागज बनाउने युनिटमा एक दैनिक मजदुर हुन् र स्टाफ क्वार्टरमा बस्छन् । कमलेशले आफ्नो परिवार बाहिर गएका बेला बाहिरको जनावरलाई कोठामा ल्याएर कुकृत्य गर्ने गरेको स्विकार गरे ।