२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

डिप्रेसनमा गोरे

2321 Shares

काठमाडाैं । काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् ।

कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् ।
जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन् । पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको छ ।

कारागार व्यवस्थापन कार्यालयका अधिकृत श्रवणकुमार साहले उप्रेतीमा केही समस्याको संकेत देखिएको बताए ।

‘कोहीसँग बोल्न मान्दैन । टोलाएर बसेको देखिन्छ । कहिले रोएकोजस्तो पनि देखिन्छ । पछिल्ला दिनमा परिवारका सीमित सदस्य र वकिलसँग भेट्न दिइएको छ । उनीहरूसँग भेट्दा पनि यस्तै व्यवहार देखाउँछ,’ उनले भने ।

गोरेलाई जचाउन अस्पताल पु-याइएको, तर कुनै औषधि नचलाइएको कारागारको भनाइ छ । गोरेले पनि डाक्टरसँग आफूलाई केही नभएको बताउने गरेका छन् ।

गोरेको निद्रा र खानपान सामान्य अवस्थामै रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको डाक्टरलाई उद्धृत गर्दै कारागार व्यवस्थापनले बतायो ।
नयाँ पत्रिका

प्रतिक्रिया