२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

यसकारण रवि लामिछानेलाई मेरो समर्थन

2691 Shares

– सच्ची मैनाली

१) “हास्य कलाकार गोपाल राज मैनाली अर्थात् चंखे बिरामी भएर अस्पताल भर्ना भएका छन्” भन्ने समाचार रेडियो नेपालबाट सुनेपछि हामी छानाबाट खसे जस्तो भयौं । यो समाचार सुनिरहँदा मेरो बुवा उहाँ हामीसंगै पूर्ण स्वस्थ्य अवस्थामा नै हुनुहुन्थ्यो। आफु सानै छँदा त्यो झुटो समाचारको कारण भोग्नुपरेको पीडा आजसम्म पनि बिर्सन सकेको छैन् । त्यो झुटो समाचारले हाम्रो परिवारमा पारेको मानसिक र सामाजिक तनाव आज पनि कुनै शब्दहरुमा ब्यक्त गर्न सक्दिन ।

२) “नायिका सज्जा मैनालीलाइ गम्भिर रोग” शिर्षकमा २००९ नोभेम्बर महिनाको कान्तिपुर साप्ताहिकको पहिलो पृष्ठमा छापिएको समाचारले हाम्रो परिवारमा एक किसिमको भूकम्पै ल्यायो । हिजो मात्रै मेरो फेसबुकमा मेरो बहिनी सज्जा मैनालीको पहिलेको फोटो शेयर गरेपछि समेत त्यही प्रश्न दोहोरिएर आयो । दिदी, सज्जा दिदीलाई कस्तो छ ? २००९ मा कसैले गरेको पित पत्रकारिताको कारण २०१८ सम्म पनि पीडा भोग्नुपरेको छ। त्यस बेलाको टर्चरको त कुरै नगरौं ।

अमेरिकामा रहेको केही नभएको मान्छेलाई गम्भीर रोग लाग्यो भनेर नेपालमा समाचार निस्कँदा हाम्रो परिवारमा कस्तो अवस्था आयो होला ? कसैले गरेको पित पत्रकारिताको मूल्य कसरी चुकाउनु पर्छ भन्ने कुरा भोग्ने र पर्नेलाई मात्र थाहा हुन्छ ।

हातमा कलम छ भन्दैमा केही पत्रकारहरुले चाँहि जसलाई जे जस्तो गरे पनि हुन्छ ? समाज बदल्नुपर्छ भन्नेहरुले पहिले पत्रकारिता क्षेत्रबाटै सफाई सुरु गर्नुपर्छ । आफ्नै भोगाईका पित पत्रकारिताको फेहरिस्त पनि लामो छ । अहिलेलाई मात्रै यही २ वटा । मिडियामा पहुँच भएको केहिले चिनेको र २र४ जना ठूला भनाउँदाहरूलाई चिनेकाहरूको त यस्तो हालत छ भने कुनै पनि पहुँच र चिनाजान नभएकाहरुको हालत कस्तो होला ? जोसुकैले सजिलै कल्पना गर्न सक्ने कुरा हो ।

यसैले पितपत्रकारिता बिरूद्द अहिले रवि लामिछानेले शुरू गर्नुभएको अभियानलाई मेरो पुर्ण साथ समर्थन र सलाम छ ।

मैनाली अमेरिकामा कार्यरत संचारकर्मी हुन् ।

प्रतिक्रिया