1547
Shares
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरी अधिनायकवाद लाद्न उद्धत रहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल नियन्त्रणका नाममा सरकारले नागरिकको बोल्न पाउने अधिकारसमेत खोस्न लागेकोप्रति सचेत रहन उनले आग्रह गर ।
शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘यतिबेला केपी ओलीजी संसदीय मूल्यमान्यतालाई तिरस्कार गर्दै योजनाबद्ध रुपमा अगाडि बढेकाले संविधान नै संकटमा परेको छ।’ आफूहरु संविधान बचाउन र प्राप्त उपलब्धी रक्षा गर्न लागि परिरहेको उनको भनाई छ । कांग्रेस काठमाडौं महानगर ७ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा निर्वाचनको बेला सहयोग पुर्याउनेलाई सम्मान गरिएको थियो। – आजको नागरिक दैनिकबाट