2326
Shares
मधेसमा सिके राउतको परिचय अडिग राजनीतिक अभियन्ताको थियो। छोटो अवधिमा मधेसी समाजमा हिरो बनेका रावतले राज्यको मात्र नभई अन्तराष्ट्रिय केन्द्रसमेतको ध्यान आफूतिर खिच्न सफल भए। ‘स्वतन्त्र मधेस गठबनधन’ नामक संगठनबाट स्वतन्त्र मधेसको अभियान सुरु गरेका उनी सोमबारबाट ‘जनमत पार्टी’का अध्यक्ष बनेका छन्। यससँगै सिकेको क्रेज पनि घट्दै गएको छ।झन्डै सात वर्षदेखि(०६९ देखि) मधेसको राजनीतिलाई बेग्लै धारमा ‘स्वतन्त्र मधेस’ तरंगित गर्दै आएका राउतले सोमबार लहानबाट जनमत पार्टी घोषणा गर्दै स्वतन्त्र मधेसको धार फेरेका हुन्। आइतबारदेखि सोमबारसम्म लहानमा चलेको स्वतन्त्र मधेस गठनबन्धनको राष्ट्रिय परिषद् भेलाबाट सिकेको अध्यक्षतामा जनमत पार्टी घोषणा भएको हो। नागरिक दैनिकमा मिथिलेस यादवले समाचार लेखेका छन् ।