२०८३, २२ कार्तिक शनिबार
×

प्रचण्डमाथि सबैभन्दा वढी सुरक्षा थ्रेटः सुरक्षामा २ डिएसपीको कमाण्डमा ५९ सुरक्षाकर्मी

1559 Shares

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ।

आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए।

NoText

सुरक्षा श्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सुरक्षा थ्रेट सबैभन्दा वढी छ।

प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटिएका छन्।

‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन। दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाइएको हो,’ श्रोतले भन्यो।

प्रतिक्रिया