२०८३, ८ बैशाख मंगलवार
×

ट्रेन्डिङ

रास्वपामा उपसभापति पद रिक्तै, डीपी अर्याल सभामुख बनेपछि नेतृत्व पुनर्संरचना

0 Shares
Spread the love

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति पद रिक्त राख्दै संगठन पुनर्संरचनाको प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सभामुख बनेपछि पार्टी जिम्मेवारीबाट अलग भएका डोलप्रसाद अर्याल (डीपी)को स्थानमा नयाँ उपसभापति नियुक्त नगर्ने निर्णय गरेको हो।

पार्टीका प्रभावशाली नेता अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएसँगै पार्टी संरचनामा दोस्रो वरीयताको पद खाली भएको थियो। तर, उक्त रिक्त स्थान पूर्ति गर्ने विषयमा नेतृत्वले तत्काल कुनै निर्णय नगरी ‘वेट एन्ड वाच’को रणनीति अपनाएको देखिएको छ।

बैठकमा केही नेताहरूले उपसभापति नियुक्तिबारे जिज्ञासा राखे पनि नेतृत्वले त्यसलाई टुंग्याउन इच्छुकता नदेखाएको स्रोतले जनाएको छ। यसले पार्टीभित्र शक्ति सन्तुलन र आन्तरिक समीकरणलाई अझै केही समय स्थिर राख्ने संकेत गरेको छ।

यसैबीच, पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह निकट मानिएका भूपदेव शाहलाई महामन्त्रीमा मनोनयन गर्दै संगठनमा नयाँ सन्देश दिएको छ। त्यस्तै, सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्यमा समावेश गरिएको छ।

पार्टी प्रवक्ता मनिष झाले रास्वपामा हाल स्वर्णिम वाग्ले मात्रै उपसभापति रहेको स्पष्ट पारे। उपसभापति पद रिक्त रहँदा र नयाँ नियुक्तिहरू थपिँदा पार्टी सचिवालयको संरचनामा समेत उल्लेखनीय फेरबदल भएको छ।

रास्वपा सचिवालयको वर्तमान संरचना यसप्रकार छ:

  • रवि लामिछाने – सभापति
  • स्वर्णिम वाग्ले – उपसभापति
  • कविन्द्र बुढाथोकी – महामन्त्री
  • भूपदेव शाह – महामन्त्री
  • विपिन आचार्य – सहमहामन्त्री
  • लिमा अधिकारी – कोषाध्यक्ष
  • वसुमाया तामाङ – सह-कोषाध्यक्ष
  • मनिष झा – प्रवक्ता
  • गण

प्रतिक्रिया