0
Shares
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित चार जनाको शपथग्रहण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुँदैछ। तर, अदालतमा मुद्दा विचाराधीन रहेकाले चार जनालाई उक्त कार्यक्रममा शपथ नगराउने तयारी गरिएको बताइएको छ।
यसैबीच, केन्द्रीय सदस्यमा विजयी भएकी विनीता खड्काको निर्वाचित भएको औपचारिक घोषणा निर्वाचन समितिले अझै गरेको छैन।
सम्बन्धित मुद्दाको न्यायिक प्रक्रिया टुंगिएपछि मात्रै उनीहरूको शपथग्रहण तथा जिम्मेवारीसम्बन्धी प्रक्रिया अघि बढ्ने बताइएको छ।