२०८३, १७ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

नक्कली लेटरप्याड प्रकरण: खड्कासँग कांग्रेस अनुशासन समितिको स्पष्टीकरण माग

0 Shares
Spread the love

काठमाडौं।नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग स्पष्टीकरण मागेको छ।

बुधबार बसेको समितिको बैठकले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा वक्तव्य जारी गरिएको भन्दै खड्कालाई ७ दिनभित्र जवाफ दिन निर्देशन दिएको हो।

दोहोरिएको विवादित गतिविधि
खड्काले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक को पक्राउबारे पार्टीको लेटरप्याड प्रयोग गरी वक्तव्य जारी गरेका थिए।

सो कदमपछि १८ चैतमा बसेको अनुशासन समितिले उनलाई कार्यवाहक सभापतिको हैसियतमा कुनै वक्तव्य नदिन सचेत गराएको थियो।

तर चेतावनीको बेवास्ता गर्दै खड्काले पुनः सोमबार क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयविरुद्ध आफूलाई कार्यवाहक सभापति दाबी गर्दै विज्ञप्ति जारी गरेका थिए।

पार्टीभित्र शक्ति संघर्ष तीव्र
उक्त विज्ञप्तिपछि नेपाली कांग्रेसले तुरुन्तै केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो, जसले पार्टीभित्रको शक्ति संघर्ष अझ स्पष्ट भएको संकेत गरेको छ।

प्रतिक्रिया