२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

‘हिजो विरोध, आज स्वीकार’—विदेशी ऋणमा सरकारको दोहोरो चरित्रमाथि पोखरेलको प्रहार

0 Shares
Spread the love

काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेल ले विदेशी ऋणको विषयमा वर्तमान सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै कडा प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हिजो ऋणको विरोध गर्नेहरू नै आज सत्तामा पुगेर ठूलो परिमाणमा ऋण लिइरहेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्।

पोखरेलले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण आवश्यक हुन सक्ने यथार्थ स्वीकार गरे पनि, त्यसको औचित्य र प्राथमिकता संसदमा स्पष्ट नगरी ऋण लिने प्रवृत्तिलाई आपत्तिजनक बताएका छन्।

“हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरू नै आज नीति र प्राथमिकता स्पष्ट नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,” उनले उल्लेख गरेका छन्।

२७ अर्बभन्दा बढी ऋण निर्णय
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले करिब १८.५ करोड अमेरिकी डलर (झण्डै २७ अर्ब रुपैयाँभन्दा बढी) बराबरको विदेशी ऋण लिने निर्णय गरेको थियो। यही निर्णयलाई लिएर राजनीतिक बहस चर्किँदै गएको छ।

पोखरेलले सीधा प्रश्न गरेका छन्—
 “हिजो विरोध किन? आज स्वीकार किन?”

पारदर्शिताको माग
उनले यति ठूलो परिमाणको ऋण लिँदा सरकार पारदर्शी हुनुपर्ने र जनतालाई स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिएका छन्।

यसै विषयमा खुस्बु ओली ले पनि प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएकी थिइन्, जसले विषयलाई थप राजनीतिक बहसमा ल्याएको छ।

प्रतिक्रिया