२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

आगजनीको सत्य दबाइँदैछ? झाँक्रीले मागिन् निष्पक्ष छानबिन

0 Shares
Spread the love

काठमाडौं।नेकपा एमालेकी राष्ट्रियसभा सांसद रामकुमारी झाँक्री ले भदौ २३ र २४ का घटनामा सरकारले ढिलासुस्ती गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। राष्ट्रियसभा बैठकमा बोल्दै उनले सिंहदरबार जलाइएका घटनासहित समग्र घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएकी हुन्।

“सिंहदरबार जलेको छ, संरचना ध्वस्त भएका छन्—तर सरकार अझै स्पष्ट छैन। आखिर सत्य किन बाहिर आउँदैन?” उनले प्रश्न गरिन्।

छानबिनमा ढिलाइप्रति आक्रोश
झाँक्रीले भदौ २३ को घटनाबारे केही प्रतिवेदन आए पनि २४ गते भएको ध्वंस र आगजनीबारे गम्भीर अनुसन्धान नभएको भन्दै आपत्ति जनाइन्।

Family celebrating Dashain and Dussehra beside festive foods; “Celebrate Tradition. Share Happiness.” “DASHAIN & DUSSEHRA” “Festival Essentials Collection” “FREE DELIVERY OVER £50” “MASALAMART.COM”
A joyful family celebration showcases traditional decorations, festive foods, and essential products for Dashain and Dussehra.

उनले भनिन्, “शान्तिपूर्ण आन्दोलन थियो कि हिंसात्मक? जिम्मा कसले लिने? सिंहदरबार जलाउनेसम्मको अवस्था कसरी आयो? यी प्रश्नको उत्तर कसले दिने?”

‘कार्पेटमुनि धुलो’ राख्ने प्रवृत्तिमाथि प्रहार
सरकारले घटनालाई बेवास्ता गर्दै सामान्य जस्तो देखाउने प्रयास गरेको आरोप लगाउँदै झाँक्रीले कडा टिप्पणी गरिन्—
“कार्पेटमुनि धुलो लुकाएर सबै ठिकठाक छ भन्नु लोकतन्त्रमा स्वीकार्य हुँदैन।”

उनले राज्यका संरचनामाथि आक्रमणलाई सामान्य बनाउने ‘खतरनाक भाष्य’ निर्माण भएको भन्दै त्यसको स्रोत पहिचान गर्न माग गरिन्।

युवाको दुरुपयोगबारे चिन्ता
झाँक्रीले नवयुवालाई गलत ढंगले परिचालन गरिएको आशंका व्यक्त गर्दै सोधिन्—
“युवालाई कसले सडकमा ल्यायो? कसले यस्तो हिंसात्मक गतिविधिमा प्रयोग गर्‍यो?”

उनका अनुसार, यस्तो प्रवृत्तिले भविष्यमा राज्यविरुद्ध जे पनि गर्न पाइन्छ भन्ने सन्देश जाने खतरा छ।

प्रतिक्रिया