२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

0 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएकोतर्फ सचेत गराएको हो ।

अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

Family celebrating Dashain and Dussehra beside festive foods; “Celebrate Tradition. Share Happiness.” “DASHAIN & DUSSEHRA” “Festival Essentials Collection” “FREE DELIVERY OVER £50” “MASALAMART.COM”
A joyful family celebration showcases traditional decorations, festive foods, and essential products for Dashain and Dussehra.

कांग्रेसको शेरबहादुर देउवा–शेखर कोइरा समूहले समानान्तर गतिविधि अघि बढाएको हो । हिजो र आज सो समूहले काठमाडौंमा भेला आयोजना गरेको छ ।

कांग्रेसको निर्णयमा भनिएको छ–

विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ । अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) प्रचलित नेपाल कानुन बमोजिम कारबाही अघि बढाइने निर्णय गरिन्छ ।

प्रतिक्रिया