२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो: गगन नेतृत्वविरुद्ध देउवा–कोइराला समूहको समानान्तर गतिविधि

0 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक विवादले नयाँ उचाइ लिएको छ। माघ १ मा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि पार्टीभित्र शक्ति संघर्ष सतहमा देखिन थालेको हो।

विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै शेरबहादुर देउवा र शेखर कोइराला समूहले परिणाम अझै स्वीकार नगरेपछि विवाद थप चर्किएको छ। पछिल्लो हप्तादेखि कांग्रेसभित्र समानान्तर गतिविधि तीव्र बन्दै गएको छ, जसले पार्टी एकताको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको छ।

एकातिर पार्टी केन्द्रीय कार्यालयमा गगन थापा नेतृत्वको कार्यसमितिले नियमित बैठक र गतिविधि अघि बढाइरहेको छ भने अर्कोतर्फ देउवा–कोइराला निकट समूह छुट्टै छलफल र रणनीतिमा केन्द्रित देखिन्छ। उक्त समूहले राजधानीका विभिन्न स्थानमा भेला र छलफललाई निरन्तरता दिएको छ।

Family celebrating Dashain and Dussehra beside festive foods; “Celebrate Tradition. Share Happiness.” “DASHAIN & DUSSEHRA” “Festival Essentials Collection” “FREE DELIVERY OVER £50” “MASALAMART.COM”
A joyful family celebration showcases traditional decorations, festive foods, and essential products for Dashain and Dussehra.

यसैक्रममा सोमबार धुम्बाराहीस्थित एक होटलमा कोइराला–खड्का समूहले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पूर्णबहादुर खड्का सहित शीर्ष नेताहरूको उपस्थिति रहेको छ भने शेखर कोइराला ले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको छ। प्रतिनिधिसभातर्फ विष्णु खड्का, रिना उप्रेती केसी, गंगालक्ष्मी अवाल, सीता थपलिया, रुक्मिणी कोइराला, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल, गीता सेन्दाङ र टेकबहादुर गुरुङ सहभागी छन् भने राष्ट्रियसभातर्फ रन्जित कर्ण, गीता देवकोटा, खम्मबहादुर खाती, चन्द्र केसी र जगत तिमिल्सिना कार्यक्रममा उपस्थित भएका छन्।

राजनीतिक संकेत
विश्लेषकहरूका अनुसार, कांग्रेसभित्र देखिएको यो विभाजन केवल नेतृत्वको विवाद मात्र नभई भविष्यको शक्ति सन्तुलनको संकेत पनि हो। एउटै पार्टीभित्र दुई धार स्पष्ट रूपमा सक्रिय हुनु दीर्घकालीन रूपमा संगठनात्मक कमजोरीको कारण बन्न सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया