२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

संसद पुनर्स्थापनाको माग गर्ने कांग्रेसका ६५ पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

0 Shares
Spread the love

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका नेपाली कांग्रेसका ६५ पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ । कांग्रेसले एक सूचना जारी गर्दै कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आजको कार्यक्रम स्थगित गर्नुपरेको हो । कांग्रेसको सूचनामा भने स्पष्ट कारण नखुलाई ‘विशेष कारण’ भनिएको छ । ‘… सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरे नेतृत्वको टोली बिहान १०:३० बने सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । तर, सर्वोच्चले रिटको सुनुवाइ सुरू गरेको छैन ।

Family celebrating Dashain and Dussehra beside festive foods; “Celebrate Tradition. Share Happiness.” “DASHAIN & DUSSEHRA” “Festival Essentials Collection” “FREE DELIVERY OVER £50” “MASALAMART.COM”
A joyful family celebration showcases traditional decorations, festive foods, and essential products for Dashain and Dussehra.

प्रतिक्रिया