२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

उज्यालो नेपाल र मितेरी पार्टीका डोल्पा उम्मेदवार नै कांग्रेस प्रवेश

0 Shares
Spread the love

उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पामा उज्यालो नेपालका उम्मेदवार रहेका दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन्।

प्रवक्ता चालिसेले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी विस्ट र भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको बताए।

Family celebrating Dashain and Dussehra beside festive foods; “Celebrate Tradition. Share Happiness.” “DASHAIN & DUSSEHRA” “Festival Essentials Collection” “FREE DELIVERY OVER £50” “MASALAMART.COM”
A joyful family celebration showcases traditional decorations, festive foods, and essential products for Dashain and Dussehra.

‘अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको कांग्रेस पार्टी प्रवेश निरन्तर अघि बढेको छ,’ उनले भने।

उनले फागुन ७ गते जनकपुरमा केन्द्रीयस्तरको आमसभा गर्ने पनि बताए। त्यसपछि अन्य क्षेत्रमा पनि आमसभा हुने उनको भनाइ छ।

उनले केही समयपछि पार्टीको घोषणा पत्र सार्वजनिक गरिने बताए। सभापति गगन थापा नेतृत्वमा घोषणा पत्र लेखन समिति गठन भएर काम अघि बढेको छ।

कांग्रेसले एकताबद्ध भएर चुनावकेन्द्रित रहन पार्टीका नेता कार्यकर्ताहरूमा अपिल पनि गरेको छ।

प्रतिक्रिया