२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

लिभरपुलमा एनआरएनए युकेको बृहत अन्तरक्रिया कार्येक्रम सम्पन्न

1633 Shares
Spread the love

लिभरपुल । बेलायतको लिभरपुलमा एनआरएन युकेले इंग्ल्याण्ड नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु बीच बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लिभरपुलको द गोर्खा रेष्टुरेन्टको सभा हलमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आथित्यमा साथै  स्थानिय समाजका  प्रतिनिधि गोपाल अधिकारीको संयोजकमा अन्तर्क्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपाने,उपाध्यक्ष प्रेम गाहा मगर, शेर सुनार, उपमहासचिव विनय अधिकारी,एनआरएन यूकेका धर्म विभाग प्रमुख होमनाथ पौडेल, एनआरएन यूकेका सल्लाहकार कमल पौडेल, प्रा.डा.पदम सिंखडा,डा. पुरुषोत्तम पौडेल, डा. हेमराज शर्मा, एन आर एन सल्लाकार दयानिधि सापकोटा ,भक्त गुरुङ वेल्स परिषदका अध्यक्ष रामचन्द्र पोखरेल लगायत इंग्ल्याण्ड नर्थवेस्ट क्षेत्रका  नेपालीहरु बीच बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवसिय नेपाली संघलाई अझ बलियो बनाउनको लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको सहयोग आवश्यक पर्ने बताए । गैर आवासिय नेपाली संघको सदस्य बन्दै आफुहरुलाई आवश्यक सल्लाह र सुझाव  दिन अनुरोध गरे । साथै इंगलाण्ड राज्य सम्न्वय समितिको हकमा एनआरएनए युकेले  व्यापक सल्ला सुझाव संकलन गरिरहेको  र उपयुक्त समयमा ठोस निर्णय हुने जानकारी दिए  ।

सो अन्तरक्रिया कार्यक्रम एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले संचालन गरेका थिए ।  एनआरएन आईसीसी विधान सल्लाकार  डा. हेमराज शर्माले बताए अनुसार इंगलाण्ड राज्यमा  केन्द्रिय कार्येसमिती  हुदाहुदै  इंगलाण्ड राज्य सम्न्वय समितिको कुनै आवश्यकता नरहेको तर्क दिदै पुस्टि गरे ।  उनका अनुसार वर्तमान एनआरएन यूकेको  विधान त्रुटि पूर्ण रहेको र यसलाई परिमार्जित गर्दै रिजनल कमिटि  गठन गर्न सुझाव दिए ।

यसैबीच एनआरएन यूकेले लिभरपुलमा गरेको अन्तरक्रिया पछि  गोपाल अधिकारीलाई नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरुको पुन भेला आव्हान गरी छलफल गर्न  एनआरएन यूकेको  केन्द्रले निर्देशन दिएको छ ।

यसैबीच एनआरएन यूकेका उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपाने अनुसार कतिपय मिडियाहरुले भ्रामक समाचारहरु संप्रेषण गरेको हुनाले तेस्ता समाचाको पछाडी नलाग्न बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन् ।

प्रतिक्रिया