२०८३, २७ भाद्र शनिबार
×

ट्रेन्डिङ

बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्धारा ५ लाख सहयोग

0 Shares
Spread the love

भरत प्रधान, लिस्बन। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।


रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको उनले बताए। 

“देशमा ठूलो संकट परेका बेला सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेको हुँ।, बिपत्तिको  घडीमा पीडितलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व पनि हो। सानो सहयोगले पीडितलाई केही भए पनि राहत मिलोस् भन्ने हाम्रो चाहना हो,”- गैरेले भने। बाढीबाट प्रभावित रसुवाका करिब ५० घरपरिवारलाई राहत सामग्रीसमेत वितरण गर्ने योजना रहेको उनले बताए ।

नवलपुरको गैंडाकोटका गैरे विगत दुई दशक देखि पोर्चुगल बस्दै आएका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष समेत रहेका उनले पोर्चुगलमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया