२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय तामाङ परिषद्को सबै पदाधिकारी निर्विरोध निर्वाचित अध्यक्षमा के.एम. तामाङ

4035 Shares
Spread the love

आशिस तामाङ पौष १, २०७५ , मिरिक, भारत अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा अखिल भारतीय तामाङ बौद्ध संघका के.एम. तामाङसहित १९ सदस्यीय पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । भारतको दार्जिलिङ, मिरिकमा जारी चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको दोस्रो दिन मंसिर २९ गतेको बन्दसत्रले सबै पदाधिकारीहरु निर्विरोध निर्वाचन गरिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. कुन्साङ योञ्जन तामाङको निर्वाचन समितिद्वारा प्रकाशित निर्वाचन परिणाम अनुसार अन्तर्राष्ट्रिय तामाङ परिषद्को वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षमा उत्तर–दक्षिण अमेरिकाबाट उत्तर अमेरिका तामाङ समाजका भोजकुमार दोङ तामाङ ,युरोपकोतर्फबाट इजरायल घेदुङका बीबी लामा तामाङ, छपूर्वी एसिया तथा अष्ट्रेलियाको तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा तामाङ खाडी तथा मध्ये पूर्वका तर्फबाट बहराइन तामाङ सेवा समाजबाट सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट घेदुङका कुमार ब्लोन तामाङ , महिलाबाट घेदुङका मिना तामाङ लुङ्बा निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज युएईका रबिन कुमार लामा तामाङ र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान तामाङ रहेका छन् , कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध संघका कमला तामाङ थिङ, सहकोषाध्यक्षमा साईप्रस घेदुङका नानू गोम्जा तामाङ निर्वाचित भएका छन् । बाँकी सदस्यहरु भने पछि कार्यसमितिले मनोनयन गर्नेछन् ।

प्रतिक्रिया