२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

अमेरिकि सडकमा चलाउदै गरेको गाडी बिग्रिएर अलपत्र परे के गर्ने?

4817 Shares
Spread the love

-सानुबाबु सिलवाल​

अमेरिकि सडकमा गाडि गुडाउने अधिकाश ड्राइभरहरु आफ्नै गुडिरहेको गाडी सडकमै अलपत्र परे के गर्लान त​? गाडीका पार्टपुर्जा त परै जावस सामान्य पाङ्ग्रा अर्थात टायरमा हावा फुस्कदा पनि मर्मत गर्न सामर्थ्य राख्दैनन अधिकाश सवारि चालकहरु।

तपाइ के गर्नु हुन्छ तपाइले चलाइरहनु भ​एको गाडी कथमकदाचित बाटैमा, हाइवेमा वा भित्रि सडकहरुमा अलपत्र परे, बिग्रिए अर्थात गुड्न नसक्ने स्थितिमा के गर्नु हुन्छ तपाइ? आफ्नो भाइसाथि, आफन्त​, नातेदार वा चिनेजानेका मानिसहरुलाइ गुहार्नु वा सहयोग माग्नु हुन्छ या प्रहरि ९११ मा कल गर्नु हुन्छ या के गर्नु हुन्छ​? तर​, आफ्न्त आफ्ना भाइसाथि उपलब्ध हुन नसक्ने स्थितिमा वा आफन्त भाइसाथि नहुने हरुले के गर्लान ​? गाडीको स्ट्रेरिङ्ग समातिसकेपछि कुनै पनि बेला, कुनै पनि समय र कुनै पनि अबस्थामा आपतकालिन स्थितिको सामना गर्नु पर्ने हुन्छ र यस्ता आपतकालिन स्थितिका लागि बिकल्प सहित तयारि अबस्थामा बस्नु पर्ने हुन्छ​? कसलाइ के थाहा सडकमा गुडिरहेको गाडी कुन बेला के हुनसक्दछ! अमेरिकामा बिशेष अबस्थामा बाहेक झन्डै झन्डै शतप्रतिशत मानिसहरुले आफ्नो गाडी आफै चलाउने हो।

बिशेष अबस्थामा भि आइ पि र बिशिष्ठ अफिसियल बाहेक ड्राइभर राखि गाडी चलाउदैन अमेरिकामा अर्थात आफ्नो गाडीको ड्राइभर आफै। आफ्नो गाडि बिग्रिएमा वा चल्न नसक्ने भ​एमा गाडि सडकको छेउमा मुख्यत दाया भागमा सेतो बस्तु सकेतको रुपमा राखि अर्को बिकल्प खोज्नु पर्दछ​। बिकल्प चाहि उहि नै हो कि त आफ्नै आफन्त​, भाइसाथि, चिनजानका मानिसहरु बोलाउने र सहयोग र राइड माग्ने र नभ​एमा ९११ कल गरि प्रहरि बोलाउने र सहयोग बोलाउने अर्को बिकल्पका बारेमा अधिकाशलाइ थाहा छ। तर​, यो भन्दा भरपर्दो, सहज र उत्तम उपाय पनि छ अर्को यस्तो आपतकालिन अबस्थामा।

सवारि चालक अनुमति पत्र अर्थात चालक लाइसेन्स प्राप्त गरिसकेपछि गाडी खरिदकै क्रममा आफुसङ्ग अटो इन्सुरेन्स हुनु अनिबार्य छ अमेरिकामा। यदि गाडीको बिमा लायाबिलिटी वा प्रिमियम जुनसुकै भ​एपनि बिमा हुनु जरुरि छ र गाडीको इन्सुरेन्स नभ​एको अबस्थामा ठुलो फाइन मात्रै नभएर लाइसेन्स समेत रिभोक अर्थात निषेध हुनसक्ने हुन सक्दछ​।

जुनबेला तपाइ आफ्नो गाडीको इन्सुरेन्स गर्नुहुन्छ त्यसैबेला त्यहि इन्सुरेन्सको प्रिभिलेज रोड साइट एसिस्टेन्ट बिमा गराउनुहोस जसमा तपाइलाइ मासिक १० देखि २० डलरसम्मको बर्डेन हुनसक्छ तर दिर्घकालिन रुपमा रोड साइट एसिस्टेन्ट भ​एमा तपाइको गाडी कुनै पनि सडकको कुनै पनि स्थान र अबस्थामा भ​एपनि तपाइको गाडी मर्मत केन्द्रसम्म पुर्याइदिने, गाडिको पाङ्ग्रा बिग्रिएको भ​ए अर्को बैकल्पिक पाङ्ग्रा टायर फेरिदिने वा स्पटमै मर्मत गरिदिने वा तपाइको घरसम्म गाडी पुर्याइदिने वा गाडी टो गरि तपाइले चाहेको ठाउमा बढिमा १०० माइलसम्म लगिदिन्छ रोडसाइड एसिस्टेन्टले।

यति मात्रै होइन तपाइलाइ राइड दिने वा तत्कालका लागि तपाइलाइ अर्को गाडी बैकल्पिक ब्यबस्था गरिदिने गरिदिन्छ तपाइको उक्त गाडी मर्मत नभएसम्मका लागि। त्यसका लागि गाडीको बिमा किन्दा नै बिमा कम्पनि वा उसको एजेन्टलाइ रोड साइड एसिस्टेन्टको ब्यबस्था गर्न लगाउन नभुल्नु होला र उक्त बिमा कम्पनिको रोड साइड एसिस्टेन्टको फोन नम्बर र इन्फो गाडिको साथमा वा आफ्नै साथमा राख्न नभुल्नु होला। यसबाट तपाइ रोडमा अलपत्र हुने वा तपाइको गाडी अलपत्र हुने अबस्थाबाट बच्नु हुनेछ​।

यस्तो अबस्थामा रोड साइट एसिस्टेन्ट नम्बरमा कल गरि आफ्नो गाडी, ठेगाना, पोलिसि नम्बर वा आफ्नो गाडीको हुलिया र आफु कहा छ त्यसको जानकारि दिएपछि तपाइकहा तपाइ र तपाइको गाडीको केयरका लागि कसैलाइ तत्काल ब्यबस्था गरिदिन्छ​। साथमा मोबाइल सेल फोन बोक्ने र उक्त सेलफोनमा रोडसाइड एसिस्टेन्टको हटलाइन नम्बर सेभ गरिराख्न चाहि नभुल्नु होला। तपाइ हामि कोहि कसैलाइ पनि गाडी चलाउदै गर्दा वा सडकमा गाडी चलाइरहदा आइपर्ने आपतकालिन अबस्थाको प्रिपेडनेसका लागि यस्ता जानकारिहरु जानिराख्दा काम लाग्न सक्दछ अर्थात सहयोगि हुनसक्दछ​।

प्रतिक्रिया