२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

जिबी राई गृहमन्त्रीको सम्पर्कमा छन्ः महामन्त्री शर्मा

0 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन्।

सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए।

साथै महामन्त्री शर्माले जिबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन्।

उनले भने- ‘राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’

प्रतिक्रिया