२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेसले भन्यो– प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य छैन

0 Shares

काठमाडौं। नेपाली कांग्रेसले सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको जनाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता एवं निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले देशलाई सुशासनका साथै आर्थिक वृद्धिको लक्ष्यका साथ अघि बढेको र आर्थिक अवस्था पनि सुधार भएको अवस्थामा सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको बताए।

उनले प्रधानमन्त्रीले कांग्रेस र कांग्रेसका मन्त्रीहरुमाथि मित्था आरोप लगाएको बताए। कांग्रेस महासमिति बैठकमा गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने निर्णय नै भएको भन्दै उनले बैठक भित्र बोलेका कुरालाई लिएर गठबन्धन परिवर्तन गर्ने काम चालवाजी मात्रै भएको धारणा राखे।

महतले आफुले अर्थतन्त्रको जिम्मेवारी सम्हालेपछि अहिलेको अवस्थासम्म आउदा यसलाई लयमा फर्काउन सफल भएको जिकिर गरे। मन्त्रालयमा रहँदा आफुले नियम, कानुन र विधिसम्म नभएका फाइलहरुलाई रोकेको उनले बताए।

उनले मिथ्यांक गर्न आफुहरुले नजानेको भन्दै मुलुकको वास्तविक अवस्था समेत सार्वजनिक गरिसकेको बताए। महतले आफुले देश र जनताप्रतिको जिम्मेवारी पूर्णरुपमा पुरा गरेको दावी समेत गरे।

प्रतिक्रिया