२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

नेपालमा नै सम्भावनाको खोजि गर्नुपर्छ : नेता सिंह

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा नै सम्भावनाको खोजि गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौमा ज्ञानबजारको शुभारम्भ कार्यक्रममा नेता सिंहले नेपालमा सम्भावना नै छैन भन्नुभन्दा पनि सम्भावना र अवसरको खोजि गर्नुपर्ने बताएका हुन् ।

उनले नकारात्मक कुराहरुलाई भन्दा पनि सकारात्मक कुराहरुलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिए । नेता सिंहले देशलाई योगदान दिने कामहरुको प्रचार भन्दा पनि नकारात्मक कुराको प्रचार हुँदा निराशा छाएको धारणा राखे ।

देशमा केहि गर्न सकिदैन भन्ने भाष्यलाई इच्छा र कामबाट गलत सावित गर्नुपर्ने जिकिर गरे । युवाहरुले गर्ने रचनात्मक कामहरुलाई सवै मिलेर हौसला दिनुपर्ने उनले बताए ।

त्यस्तै रास्वपाका सांसद स्वर्णीम वाग्लेले बौद्धिक चोरी अपराध भएपनि नेपालमा यसलाई बुझ्न नसकेको बताए । हात हातमा ज्ञानको भण्डार भएपनि यसको सहि प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

वाग्लेले त्रिभुवन विश्वविद्यालयले थेसिस पेपर कवाडीमा बेच्नेकाम उचित नभएको बताए । त्यस्तै उनले थेसिस तयार गर्दा किनबेच हुने काममाथि निर्मम हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया