0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ ।
आईतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा पार्टीको तर्फबाट सहभागी हुनुभएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाछ धारणा राख्न सुझाव दिएको बताउनुभएको हो ।
नेता अर्यालले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र भीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि बताउनुभयो । बैठकमा पार्टीको तर्फबाट चीनसँगका नाकाका खुलाउने बारेमा जोड दिन आग्रह गरेको बताउनुभयो ।
पार्टीका उपाध्यक्षसमेत रहनुभएका नेता अर्यालले प्रधानमन्त्रीको भ्रमणमा अनुशासनको बारेमा ध्यान दिन पनि आग्रह गरेको बताउनुभयो ।