२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँः अध्यक्ष राउत

0 Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताउनुभएको छ ।
आईतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाउनुभएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राउतले गरिबी निवारणमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताउनु भयो ।

उहाँले म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएकाले उद्योगहरुको मोडलमा चीनले नेपालमा उद्योगहरु खोल्न र प्रोडक्ट चीनले आफूमार्फत नै निर्यात गर्न आग्रह गर्न अनुरोध गरेको बताउनु भयो ।

 चीन भ्रमणमा प्रधानमन्त्रीले फर्टिलाइजर क्षेत्रमा चीनबाट सहयोग माग्न आग्रह गर्न र नेपाललाई केमिकल फर्टिलाइजरमा आत्मनिर्भर बनाउने बारेमा चीनसँग सहकार्य गर्न अनुरोध गरेको अध्यक्ष राउतले बताउनु भयो ।

प्रतिक्रिया