
काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव भाद्र २४,२५ रु २६ गते गरी तीन दिनसम्म मनाउँने भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।
साहित्य महोत्सव भदौ २४,२५ रु २६ गते बिपी स्मृति भवन सानेपामा हुने पार्टीका नेता मिनबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले महोत्सवलाई सम्पन्न गर्न कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मुल तयारी समिति गठन गरिएको बताउनुभयो ।
उहाँले तीन दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन बिपीको साहित्य सिर्जना र जीवन दर्शन, दोस्रो दिन माक्र्स, गान्धी र बिपीको बारेमा चर्चा गर्ने र तेस्रो दिन बिपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला भन्नेबारेमा प्रश्तुती हुने बताउनुभयो । उहाँले पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, हाइज्याक फर डेमोक्रेसी, वीर गणेशमान र तीन घुम्तीका वृत्त प्रदर्शनी हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसले ११० औं बिपी जन्म जयन्तीलाई नेपालको राजनीतिमा विचारको खडेरी पर्दै गएको हो की भन्ने मानि
समा गुनासो र निराशा पछि नेपालको राजनीतिमा विचारलाई केन्द्रमा राख्नेगरी, विचारको राजनीतिलाई पुनः ताजकीकरण गर्ने, विचारको राजनीतिको दिशामा पुनः जागरण ल्याउनेगरी साहित्य महोत्सव गरेको बताउनुभयो ।
उहाँले राजनीतिमा देखिएका अपसंस्कृतिहरु, गलत संस्कृतिको न्युनतामा अन्त्य गर्दै असल संस्कृतिमा सिंगै राजनीतिलाई अभिमुख गराउने उद्देश्यले हामीले यो महोत्सवको आयोजना गरेको बताउनुभयो । पहिलो पटक आयोजना हुन लागेको साहित्य महोत्सवमा उपस्थित हुन पनि कांग्रेसले आग्रह गरेको छ ।