२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

पार्टीविरुद्धको अनर्गल प्रचारहरुको खण्डन र तथ्यमा आधारित कुरा गरौं : प्रकाशमन सिंह

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीविरूद्दको अनर्गल प्रचारको खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बोल्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले क्षेत्रीय सम्मेलनको मुख्य कुरा पार्टीको संगठनलाई लिएर सम्मेलन केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

पार्टीको विचार सिद्धान्तबारे जानकारहरुलाई ल्याएर प्रशिक्षण गर्नु आवश्यक रहेको पनि नेता सिंहले बताउनु भएको छ । सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहको भन्दै उहाँले कार्यकर्ताहरु, पदमा रहेकाले अधिकार मात्र होइन जिम्मेवारीबोध पनि गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा काठमाडौं सभापति सबुझ बानिया लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया