२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

डेंगु रोग उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सांसद कार्कीको माग

0 Shares
Spread the love

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

डेंगु रोगबाट गृहजिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको पछिल्लो तथ्यांक प्रश्तुत गर्दै उहाँले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावह रुपमा फैलिएको यो रोगबाट उपचारको अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकार सचेत भएर लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

सांसद कार्कीले डेंगु रोग नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया