२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

संसद किन बन्द भयाे, छानबिन हुनुपर्छ : केसी

0 Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद बन्द भएको सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले संसद बन्दबारे छानबिन हुनुपर्ने माग गर्नुभएको हो ।

उहाँले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको बताउनुभयो । केसीले संसद्प्रति दलहरु गम्भिर हुनुपर्ने भन्दै संसद अवरोध गर्न नहुने बताउनुभयो । उहाँले संसद् कसले बन्द गर्‍यो, किन बन्द भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देश गम्भीर अवस्थामा पुगेको बताउनुभयो ।

सांसद केसीले संसद जनताको आवाज उठाउने थलो भएको भन्दै संसदलाई कसैले पनि बन्द गराउन नहुने बताउनुभयो ।

प्रतिक्रिया