२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

सीआईबीले गैर कानूनी आदेश नसुनोस् : लामिछाने

0 Shares
Spread the love

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय जाँच ब्यूरो (सीआईबी) लाई ललिता निवास प्रकरणका सन्दर्भमा गैरकानुनी आदेश नसुन्न र नमान्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान  बिनानै अपुरो र अधुरो फाइल पेस नगर्न  भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सीआईबीले गैर कानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ ठुलै गडबड छ।’

प्रतिक्रिया