२०८१, १६ बैशाख आईतवार
×

ट्रेन्डिङ

संसद बैठक अवरुद्ध पार्ने एमालेको प्रवृत्ति लोकतान्त्रिक आचरणविरुद्ध : महामन्त्री शर्मा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठक अवरुद्ध पार्ने नेकपा एमालेको प्रवृत्ति लोकतान्त्रिक आचरणविरुद्ध रहेको बताउनुभएको छ ।

धनकुटामा कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताको आवाजलाई अबरुद्ध पार्नु गलत भएको बताउनुभयो ।

मुलुकमा शुशासनलाई कायम राख्न सरकारले भ्रष्टाचारीलाई कठघराभित्र ल्याउन अब ढिलाई गर्न नुहुने बताउदै उहाँले शरणार्थि र ललितानिवास जस्तै सुन काण्डको बारे सिआइबीले नै अनुसन्धन गर्नु ठिक हुने उहाँको भनाई छ ।

कांग्रेस सबैभन्दा ठुलो पार्टी भएकोले पार्टीको जिम्मेवारीलाई पुरा गर्न कांग्रेस चुक्न नहुने उहाँको सुझाव छ ।

प्रतिक्रिया