२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

0 Shares
Spread the love

कैलाली। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन्।

मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताए।

प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।”

महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे।

भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी संगठनका बारेमा धारणा राखेका थिए।

प्रतिक्रिया