२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैन : महामन्त्री शर्मा

11276 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

काँग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिष्पर्धा गर्ने आँट गरेपनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो ।

उहाँले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताउनुभयो ।

तर, कांग्रेसका युवाहरुले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरु पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पार्नुभयो । उहाँले अब काँग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरुले पार्टीका बैठकहरु लाईभ गर्ने दावी समेत गर्नुभयो ।

महामन्त्री शर्माले कांग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर, सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताउनुभयो । निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उहाँले परीक्षामा उर्तीण हुन पढनु पर्ने भएकाले कांग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया