२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

आलोचना धेरै हुन्छहोला भनेको कम आलोचना भयो : देउवा

12689 Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रिय समितिको बैठकमा कम आलोचना भएकोप्रति खुशी व्यक्त गर्नुभएको छ ।

 

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले धेरै आलोचना हुन्छ भन्ने सोचेपनि कम आलोचना भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले कांग्रेसमा सबै नेताहरु एक सय एक भएको कुरा केन्द्रिय समितिको लाइभले प्रमाणित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । कांग्रेसमा सबै एक सय एक साथीहरु हुनुहुन्छ । लाइभ पनि देखायौँ, दुनियाँले हेरे । कांग्रेसमा कोही भन्दा कोही कम छैन । अर्को मिटिङको पनि डेट फिक्स गर्ने भए गरौँ केही छैन ।’

 

सभापति देउवाले पार्टीको केन्द्रिय समितिको अर्को बैठक तोकेर जान पनि कुनै समस्या नरहेको बताउनु भयो ।

प्रतिक्रिया