२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियोः केपी ओली

71 Shares
Spread the love

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन्।

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनता बिपरितको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन्।

ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनिय र आपत्तीजनक रहेको जिकिर गरे।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै बिपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया