‘इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा केही उच्छृङ्खल व्यक्तिहरूले अभद्र व्यवहार गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधान र कानुनी व्यवस्था अनुसार प्रदेश सभाको दुईतिहाई बहुमतबाट भएको कोशी प्रदेश नामाकरणमा असहमति राख्ने समूहले नेकपा एमाले र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो श्रृङ्खलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको एमालेले निन्दा र भर्सना गरेको छ ।
‘प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामाकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, हिंसात्मक गतिविधि नियन्त्रणमा देखिएको सरकारको उदासिनताप्रति गम्भीर आपत्ति प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
