२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

माओवादी लडाकु शिविरहरुमा भएका भ्रष्टाचारको तत्काल छानविन गर्नुपर्छ : कांग्रेस सांसद राणा

8463 Shares
Spread the love

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानविन गर्न सरकारसँग माग गर्नु भएको छ ।

सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धि समस्याहरु रहेकाले त्यसको पनि छानविन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गर्नु भएको हो । प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरु पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकीर गर्दै उहाँले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताउनु भयो ।

सांसद राणाले ललिता निवास प्रकरणको छानविनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरुलाई पनि सरकारले अघि बढाउनुपर्ने बताउनु भयो ।सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति लिएको बताउनु भयो ।

प्रतिक्रिया