२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, पार्टी एकताका बारेमा पनि छलफल

4132 Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्द बिच भेटवार्ता भएको  हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुवै नेता बिचमा गम्भीर छलफल भएको छ। दुबै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको जनाइएको छ।

प्रतिक्रिया