२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

७० बर्षे प्रावधानले पार्टीलाई अघि बढाउन समस्या भएकाले हटाइयोः केपी ओली

100 Shares
Spread the love

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अप्ठेरो भएको बताएका छन्।

शनिबार ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश प्रथम सम्मेलन उद्घाटन गर्दै ओलीले संसारमा कहि नभएको ७० बर्षे प्रावधानले पार्टीलाई नै अघि बढाउन समस्या भएको र उपयुक्त नभएकाले हटाउने निर्णय गर्नुपरेको बताएका हुन्।

उनले ७० वर्षको उमेरहदका बिषयमा असन्तुष्टि जनाउनु राजनीतिक कुरा नभएको भन्दै पार्टी नेतृत्वमा आउन मन लागे आगामी महाधिवशेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएतका पदमा चूनाव लड्न पार्टी नेताहरुलाइ सुझाव दिए।

ओलीले ७० वर्षको उमेरहदका कारण धेरै नेताहरु हच्चिएको र राजनीति नै छोडनुपर्ने स्थिति देखा परेको जिकिर गरे। एमालेलाई एकतावद्ध गर्न र एमालेमा प्रवेश गर्न चाहनेहरुलाई बाटो खुल्ला गर्न पनि उमेरहदलाई हटाउनै पर्ने देखिएको उनको भनाइ छ।

ओलीले अनावश्यक बिषयमा नअल्झन पार्टीका नेताहरुलाई आग्रह गर्दै देश बनाउने काममा एमालेलाई बलियो बनाउनका लागि एकजुट हुन सुझाव दिए।

प्रतिक्रिया