२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रहितलाई ख्याल नगरेको भन्दै एमालेले संसदमा जवाफ माग्ने

60 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नरिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, इपीजी प्रतिवेदन बुझ्ने बिषयमा छलफल हुन नसकेको लगायतका बिषयमा प्रधानमन्त्रीसंग संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। संवैधानिक व्यवस्था विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको बिषयमा पनि संसदमा कडा रुपमा विरोध जनाउने उनले बताए।

बैठकले सरकारले अघि सारेको बजेट गन्तव्यहिन भएको निष्कर्ष निकाल्दै बजेटमाथिको छलफलमा क्रममा खुलेर बिरोध गर्ने निर्णय गरेको गिरीले बताए।

बैठकमा बजेट छलफलका क्रममा शसक्त रुपमा प्रतिवादमा उत्रन पार्टी अध्यक्ष केपी ओलीले सांसदहरुलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया